बाल पोलिक्लिनिकमा प्रसुती सेवा थप

स्काई न्यूज /फागुन १९, सुर्खेत ।
नेपाल बाल पोलिक्लिनिक सुर्खेतले नयाँ सेवा थप विस्तार गरेको छ । नयाँ व्यवस्थापनका साथ बाल पोलिक्लिनिकले महिला तथा प्रसुती सेवा विस्तार गरेको हो । क्लिनिकले बिहीवारबाट महिला तथा प्रसुती सेवा विस्तार गरेको बताएको छ । नयाँ सेवा विस्तारसँगै केही समय महिला तथा प्रसुति सेवा निःशुल्क दिने कार्यक्रम रहेको क्लिनिकका प्रतिनिधि दिपक गौतमले बताए । उनले क्लिनिकमा अब बालबालिका सम्बन्धी डा. नवराज केसी एवं डा. भविश्य श्रेष्ठसँगै महिला तथा प्रसुती रोगको उपचार डा. सजिप्ता पन्तबाट उपलब्ध रहने जनाए । उनका अनुसार क्लिनिकमा सुरक्षित गर्भपतन तथा स्तरीय फार्मेसी सेवा समेत थपिएको छ । ‘सेवा विस्तारसँगै हालका लागि महिला तथा प्रसुति रोग विशेषज्ञद्वारा ओ.पि.डि चेकजाँच निःशुल्क गरिनेछ,’ उनले भने, ‘गरिब, विपन्न तथा सीमान्तकृतलाई केही हदसम्म सहुलियत सेवासँगै दिनदुःखीलाई निःशुल्क रुपमा चेकजाँच हुनेछ ।’ उनले निजी क्लिनिकबाट सानो सेवा भएनी जे, जति सकिन्छ निःशुल्क रुपमा चेकजाँच सेवा उपलब्ध गराउने जमर्को गरेको बताए ।

Translate »