२०८३ साउन १३ , बुधबार
Sky News Nepal
July 29, 2026

शिवालय गाउँपालिकामा विपन्न परिवारलाई सोलार वितरण



पुस २२, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाई सहयोगी हातहरूको समूह (सहास) नेपालले सोलार सेटहरू वितरण गरेको छ ।

शिवालय गाउँपालिकाको समन्वय र सहास नेपालको सहयोगमा शिवालय गाउँपालिका वडा न ३ ऐरेनीस्थित सहासकै कार्यालयमा औपचारिक कार्यक्रम गरी सोलारहरु वितरण गरिएको हो ।

सहास नेपालले गाउँपालिकाको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी विपन्न नागरिकलाई सोलार सेट हस्तान्तरण गरेको छ । सोलार हस्तान्तरण गर्दै सहास नेपालका संस्थाका कार्यालय प्रमुख हरिप्रसाद अधिकारीले अध्यारोपमा बसेका गाउँलेहरूलाई उज्यालोको अनुभूति गराउन पाउँदा खुसि लागेको बताए । गाउँलेहरूलाई सोलार लिएर राम्रोसँग प्रयोग गर्न पनि उनले सुझाव दिए। उनले भने, ‘बत्ती नहुँदा सल्लाको द्यालो बालेर बालबालिका पठनपाठन गर्न बाध्य छन् सोलार बत्तिले उनीहरूको पठनपाठनमा सहजीकरण गर्छ र तपाईँहरूलाई पनि उज्यालो दिन्छ ।’शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले सहास नेपालले गाउँपालिकामा निकै राम्रो काम गरेको बताए। उनले सहास नेपालको जति प्रशंसा गरेपनि अपुरो हुने भन्दै स्थानीयवासीको भावनालाई कदर गर्ने र समस्यालाई समाधान गर्ने संस्था गाउँपालिकामा भित्र्याएको समेत दाबी गरे ।

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष शाहीले एक वर्ष भित्रमा शिवालय गाउँपालिकालाई विद्युतिकरण गरी सक्ने प्रतिबद्धता व्यक्त गरे। उनले बिजुली बत्ती पुगेपनि विभिन्न समस्या हुने भएकोले आफ्नो घरमा लिएको सोलारको सदुपयोग गर्न स्थानीयवासीलाई सुझाव दिए । सोलार जडान गरेर बालबालिकालाई पठनपाठन सहज बनाउन पनि शाहीले आग्रह गरे ।

गाउँपालिकाका अध्यक्षको आतिथ्यमा भएको कार्यक्रममा पालिकाका सबै वडा अध्यक्षहरू, कृषि शाखा प्रमुख विश्वमित्र शर्मा, गाउँपालिका निमित्त कार्यालय प्रमुख दल बहादुर बाठा लगायतको उपस्थिति थियो । सहास नेपाल संस्थाले यस अघि पनि विभिन्न खालका कार्यक्रमहरू गरेर सकारात्मक कामहरू गरेको छ । भने बाख्रा, व्याड बोका, फिल्टर लगायतका सामाग्रीहरू पनि वितरण गरेको छ ।

सहास नेपाल संस्थाले आफूहरूको लागि राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि सहयोगको गर्ने अपेक्षा राखेको स्थानीयवासीको भनाई छ । सोलार पाएपछि स्थानीयवासी निकै खुसि देखिएका छन् ।

९ वटै वडाका विपन्न घरधुरीको छनोट गरी सोलार सेट वितरण गरिएको छ ।  रेडियो नेपाल

प्रकाशित मिति : २०७९ पुस २२ गते शुक्रबार
Translate »