२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढयो



पुस २४, काठमाडौं । अवैध रुपमा भारतबाट भित्रिने चिनीमा सरकारले कडाइ थालेसँगै बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक साताको बीचमा नेपाली चिनी उद्योगीले चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढाएका छन् ।

होलसेलमा ८० रुपैयाँ किलोमा पाइने नेपाली चिनीको मूल्य आइतबारदेखि ८६ रुपैयाँ पुर्‍याइएको छ । चिनी तस्करी बढेको भन्दै सरकारले भन्सारमा कडाइ गरिरहेकाले भारतीय चिनी आउन बन्द हुने बितिक्कै बजारमा अभाव देखाएर नेपाली उद्योगले मूल्य बढाएको संघका एक सदस्य व्यापारीले बताए ।

चिनीको मूल्य बढेको टोखा चेम्बर अफ कमर्शले पनि जनाएको छ । कमर्शका अध्यक्ष सञ्जय फुँयालकाअनुसार होलसेलमै नेपाली चिनीको मूल्य ८७ रुपैयाँ पुर्‍याएको छ । ‘गृह मन्त्रालयबाट तस्कारीको चिनीमा कडाइ भयो । तर त्यसको फाइदा नेपाली उद्योगीले लिए,’ अध्यक्ष फुँयालले भने, ‘चिनीको उपभोक्ता मूल्य ९० रुपैयाँ हाराहारी पुग्ने भएको छ, यसको कारण खोजी हुनुपर्छ ।’

बजारमा अभाव हुने बितिक्कै मूल्य बढाउनु गलत भएको भन्दै उनले एक्कासी मूल्य बढेका कारण उपभोक्तालाई दिने जवाफ समेत नभएको बताए । बजारमा चिनीको खुद्रा मूल्यमा एक रुपमा नभएको पनि उनले बताए ।

प्रकाशित मिति : २०७९ पुस २४ गते आइतबार
Translate »