२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

आर्थिक वृद्धिदर ऋणात्मक भएका तीनओटा क्षेत्रका ऋणीलाई पुन:कर्जा दिइने, क-कसले पाउँछन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि भएका तीनओटा आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूलाई पुनस्कर्जाको व्यवस्था मिलाउने भएको छ । शुक्रवार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि भएका आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनस्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा निर्माण, उत्पादन र थोक तथा खुद्रा व्यापार गरी तीनओटा क्षेत्रमा आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ, जसमा निर्माण क्षेत्रको वृद्धिदर २।६ प्रतिशत, उत्पादन क्षेत्रको वृद्धिदर २।०४ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर २.९६ प्रतिशतले ऋणात्मक छ । आर्थिक अभियान

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार
Translate »