२०८३ कात्तिक २५ , मंगलबार
Sky News Nepal
November 10, 2026

समयमै पाठ्यपुस्तक



वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगेको समाचार आइरहने कर्णालीमा यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगेको समचारले केही हदसम्म राहत दिएको छ । कतिपय ठाउँमा शैक्षिकसत्र सुरु हुनुपूर्व नै पाठ्यपुस्तक पु¥याइ सकिएको छ भने कतिपय ठाउँमा पु¥याउने क्रम जारी रहेको पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको दावी छ । कर्णालीका हुम्ला, डोल्पा, सल्यान र रुकुम पश्चिमलाई हेर्दै आएको नेपालगञ्ज कार्यालयले सल्यानमा ५ हजार ७ सय सेट किताब पुगेको छ भने रुकुम पूर्व र रुकुम पश्चिम गरी ५ हजार ६ सय सेट पुस्तक पु¥याईसकेको छ । यस्तै जनक शिक्षाको प्रादेशिक कार्यालय सुर्खेतले मुगु, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटलाई किताब पु¥याउँछ । प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कालिकोटमा एक हजार सेट किताब यसअघि नै पुगिसकेको छ भने दुई दिनपछि एक हजार ५ सय सेट पुग्दैछ । कालिकोटलाई ३ हजार ७ सय बराबर सेट किताब आवश्यक पर्दछ । यस्तै जाजरकोटमा ३ हजार सेट किताब पुगिसकेको छ भने बाँकी पठाउने काम भइरहेको छ । २०७९ मा पनि कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब नपाएर नै वार्षिक परीक्षा दिएको देखिन्छ ।

पाठ्यपुस्तक बेलैमा उपलब्ध नगराएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थीहरुले केही समयअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेका थिए । पाठ्यपुस्तक छपाइदेखि बिक्री वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षाले हिमाली जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानीको प्रबन्ध मिलाएको दाबी गरे पनि यसअघि सबै विद्यार्थीको हातमा पूरा सेट किताब कहिल्यै पुगेन । संघीयतापछि शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ ।  कर्णालीका कतिपय स्थानीय तहले सम्बन्धित विद्यालय, कतिपयले सिधै पुस्तक व्यवसायीलाई पुस्तक खरिद तथा ढुवानीको जिम्मा दिएका हुन्छन् । साथै कर्णालीका सबै जिल्लामा यो पटकदेखि वैशाखबाट नै शैक्षिकसत्र सुरु भएको छ । यसअघि कर्णालीका कतिपय जिल्लामा फागुनबाटै शैक्षिकसत्र सुरु हुँदै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका हुन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने प्रतिबद्धता व्यक्त गरेका थिए । विगतका वर्षमा शैक्षिक सत्र आधा बितिसक्दा पनि पुस्तक नपाउने अवस्था यसपटक भने अन्त्य भएको छ ।

देशका ५९ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीले करिब शतप्रतिशत नै पाठ्यपुस्तक पाएका छन् भने १८ जिल्लामा पनि वैशाख अन्त्यसम्म पाठ्यपुस्तक पु¥याइनेछ जनक शिक्षाको दावी छ । सरकारले यस वर्षका लागि कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक निजी क्षेत्र र कक्षा छ देखि १० सम्मको पाठ्युपस्तक छपाइको जिम्मा केन्द्रको थियो ।  निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी अनुसार कूल एक करोड १२ लाख ५६ हजार थान पुस्तक सम्बन्धित विद्यालयमा पु¥याइरहेको छ । जनक शिक्षाले एक करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरणको काम समेत सम्पन्न गरिसकेको छ । यसपटक समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री दाहालको निरन्तरको चासो र सहजीकरणलाई मान्नु नै पर्छ । सरकारले चाहेमा के काम हुँदैन र भन्ने यो एउटा सुन्दर उदाहरण पनि हो । २०४६ सालको बहुदलपछि पहिलो पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेका छन् । यसपटक समयमै कागज खरिद, कामदारको उचित प्रबन्ध गर्न सकेका कारणले तोकिएकै समयमा काम हुन सकेको हो । ‘मनि, म्यानपावर, म्यानजेमेन्ट र मेशिनको सन्तुलित प्रयोगले गुनासोरहित तवरले कामसम्पन्न गर्न सकिन्छ भन्ने यो सुन्दर उदाहरणका रुपमा लिन सकिन्छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहीबार
Translate »