२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

वीरेन्द्रनगरमा डेंगुविरुद्ध सचेतना



भदौ २८, सुर्खेत ।
वीरेन्द्रनगरमा डेंगु विरद्ध सचेतना अभियान सञ्चालन गरिएको छ । शहरदेखि गाउँ केन्द्रित अभियान सञ्चालन गरेर डेंगु बारे सचेत पारिएको वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य उपशाखा प्रमुख उदय थापाले बताए । उनका अनुसार बजार र गाउँमा डेंगु विरुद्ध सचेतना अभियान थालिएको हो । डेंगु बाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, सरसफाइ गर्नु पर्नेमा जोड दिइएको छ । ‘यो अभियानलाई गाउँमा लग्नु पर्छ’ जन नमूना माविका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने, ‘डेंगुबाट बच्न हामीले पनि ध्यान दिनुपर्छ ।’


जनस्तरबाट डेंगुबाट जोगिन पानी जमेका खाडलहरु पुरेर, सरसफाइ गरेर, सचेतना अभियान सञ्चालन गर्न सकिनेमा जोड दिइएको छ । डेंगुका कारण सुर्खेतमा अहिले सम्म कसैको मृत्यु नभएपनि ६ जना प्रभावितलाई सञ्चो बनाएर घर पठाईएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भदौ २८ गते शनिबार
Translate »