२०८३ साउन ३१ , आइतबार
Sky News Nepal
August 17, 2026

रेशम वलीको झ्याउरे गीत ‘श्यामु’ सार्वजनिक



सुर्खेत । लोक गायक रेशम वलीले लोकगीत ‘श्यामु’ ल्याएका छन् ।

युट्यबमा रिलिज गरिएको गीतमा रेशमकै शब्द तथा श्वर रहेको छ । लोकलयमा आधारित यो गीतमा प्रेम संघर्ष र ग्रामीण जनजीवनलाई समेटिएको छ । यो समाचार तयार पारुन्जेलसम्म लोक गायक रेशम वलीको झ्याउरे गीत ‘श्यामु’ युट्यबमा रिलिज भएको एक दिनमै २३ हजार बढीले हेरिसकेका छन् ।

कृपा एण्ड क्रिष्टिका प्रोडक्सन/श्रीनाथ फिल्मसको व्यानरमा निर्माण भएको गीत रेशम वली ऑफिशियल यूट्यूब चैनलबाट शुक्रबार सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार टिकाराम चपाईको बहुचर्चित मौलिक भाका ‘श्यामु’ लाई गीतका गायक तथा सर्जक रेशम वली र दिपिका बयम्बुमगरको मिठो स्वर रहेको छ ।

गीतको शब्द रचना चपाईसँगै रेशमको रहेको छ भने गीतमा लय टिकाराम आचार्यले तयार पारेका हुन् । मौलिक शैली, स्वर र संगीत रहेको ‘श्यामु’ को म्युजिक भिडियो पनि सरल अन्दाजमा निर्माण गरिएको छ । चन्द्र मन्दिर मगरको निर्देशन तथा निर्मल प्याकुरेलको छायाँङकनमा रेशम र दिपिका बयम्वुमगरले गाएको गीत अन्त्यन्तै रुचाईएको छ ।

‘श्यामु’को म्युजिक भिडियोमा करिश्मा के.सी., जनक तारामी मगर, समीक्षा सुनार, दिलुसन बुढामगर, जानकी पुनमगर, प्रेम थापामगर, बिज्जु श्रीसमगर, मौसम सुनार, लक्ष्मी गिरी, दीपेन्द्र ओली, कमला पौडेल, सुमन लामिछाने, विनिता लामिछाने, भरत शाहीलगायतको नृत्य तथा अभिनय रहेको छ ।

यति छोटो समयमा झ्याउरे गीतसँगै उत्कृष्ट नृत्य रुचाउने यत्ति धेरै दर्शक भेटिएपछि गायक रेशम वली भाग–२, ल्याउने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार
Translate »