२०८३ साउन ८ , शुक्रबार
Sky News Nepal
July 25, 2026

राजेश हमाल ब्रान्ड एम्बेसडर नियुक्त



काठमाडौं । नेपाल भलिबल लिग (एनभिएल) टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कर्णालीले शुक्रबार पत्रकार सम्मेलनमार्फत हमाललाई आफ्नो एम्बेसडरका रुपमा प्रस्तुत गरेको छ । त्यसैगरी व्यावसायिक मिश्रित मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट लाई फेस अफ कर्णालीका रुपमा सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी ग्लोरी अफ कर्णालीका रुपमा आबद्ध भएकी छिन् । सुमित्रा कर्णाली यशविजको मार्की खेलाडी हुन् ।

कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगति नाथ र कामना विष्ट लाई क्विन अफ कर्णालीका रुपमा सार्वजनिक गरेको छ । कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टलाई मेन्टरका रुपमा लिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार
Translate »