

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भालुखोलामा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ ।
कात्तिक ११ गते भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा मजदुरको मृत्यु भएको हो ।

दुर्घटनामा गुर्भाकोट नगरपालिका–९, बोटेचौर निवासी २८ वर्षीय बिमल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको अगाडिको भाग पल्टिँदा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैराका ४८ वर्षीय चन्द्रप्रकाश बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार










