

ठाँटीकाँध । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ मा भएको लेकवेसी प्रिमियर लिग सिजन दुईको उपाधी रोकाया टोल स्पोट्स क्लवले हात पारेको छ ।

बिहीबार भएको फाइन खेलमा त्रिवेणी युवा समाजलाई ४८ रनलेले हराउँदै रोकायाटोलले उपाधि हात पारेको हो । उपाधिसँगै रोकाया टोलले एक लाख एक रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको लेकवेशी एकता समाजका कार्यवाहाक अध्यक्ष ध्वजबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै उपविजेता बनेको त्रिवेणी युवा समाजले ५० हजार एक रुपैयाँमा प्राप्त गरेको छ । फाइनल खेलमा जनक सुनार ‘प्लेर अफ द म्याच’ घोषित भए । नव प्रतिभाको खोजी गर्न र गाउँघरसम्म क्रिकेट खेलको विकास गर्न गत वर्षदेखि लेकवेसी एकता समाजले ‘लेकवेसी प्रिमियर लिग’ आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार










