२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 11, 2026

कोरोनाको बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने



मंसिर २२,काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिरः बिजु महर्जनरकान्तिपुर मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत उनले बताए । ‘कोभिड–१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छउनले सूचना जारी गर्दै भनेका छन्’, कोभिड–१९ को संक्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्नरनगराउन अनुरोध छ ।

प्रकाशित मिति : २०७७ मंसिर २२ गते सोमबार
Translate »