२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

मङ्गलसेन नगरपालिका क्षेत्रका विभिन्न बजारमा सोलार बत्ती जडान



फागुन १७,अछाम ।
अछामको मङ्गलसेन नगरपालिकाले नगरका विभिन्न बजार क्षेत्रमा सोलार बत्ती जडान गर्न थालेको छ। यस अघि सदरमुकाम मङ्गलसेन बजारमा बत्ती जडान गरेको नगरले सदरमुकाम नजिकै रहेको ठुलासेन बजारमा समेत बत्ती जडान गरेको हो । बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको वडा सदस्य देवेन्द्र प्रसाद भण्डारीले बताए। नगरपालिकाले ठुलासेन बजारको संवेदनशीलतालाई बुझेर सोलार बत्ती जडान गरेको वडा सदस्य भण्डारीको भनाइ छ । नगरपालिकाले अघिल्लो वर्षदेखि नै मुख्य स्थानमा सोलार बत्ती जडान गर्न सुरु गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए। उनका अनुसार चालू आर्थिक वर्षमा ३० लाखको टेण्डरबाट ३० वटा पोल खरिद गरिएको हो। त्यसमध्येबाट ठुलासेन बजारमा ८ पोल जडान गरिएको हो । बाँकी २२ वटा पोल अन्य ठाउँमा विस्तार गरिने सोडारीले बताए ।

प्रकाशित मिति : २०७७ फागुन १७ गते सोमबार
Translate »