दुई दिन देखि बन्द कर्णाली राजमार्ग खुल्यो

पहिरोका कारण दुई दिन देखि बन्द कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षासँगै गएको पहिरोका कारण सोमबार साँझदेखि बन्द राजमार्ग सडक डिभिजन सडक कार्यालयको निरन्तर प्रयासले खुलेको हो । राजमार्ग खुलेपछि आवतजावत सहज भएको छ । सडक बन्द हुँदा अलपत्र परेका सवारीसाधन र यात्रु आ–आफ्नो गन्तब्यतिर लागेका छन् । राजमार्गको कालिकोट जिल्लामा पर्ने तिलागुफा नगरपालिका–७ छाप्रे गाउँको टाकुल्ला खोलामा पहिरो गएपछि सडक बन्द भएको थियो ।

                                                                                                                                                                                           फाइल फोटो गुगलबाट

सडक माथिबाट ठुल–ठुला चट्टान सडकमा खसेर बाटो बन्द भएको थियो । पहिरोका कारण तीन वटा बस्तीहरु जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्यामबाबु ओलिले जानकारी दिए । ठुल–ठुला पहिरो जादा यो वर्षको साउन भदौ महिनामै कर्णाली राजमार्ग तीन पटक बन्द भइसकेको छ । पहिरोका कारणले २४ घर समेत विस्थापित छन् ।

Translate »