जन नमूना माविमा छात्रवृृत्ती अक्षयकोष स्थापना

कर्णाली प्रदेशकै चर्चित सुर्खेतको जन नमूना माध्यमिक विद्यालयमा छात्रवृत्ती अक्षय कोष स्थापना गरिएको छ । विद्यालयबाट २०४० सालमा एसएलसी उर्तिण ४० जना पूर्व विद्यार्थीहरुद्वारा संकलित एक लाख पाँच हजार रुपैयाँको अक्षय कोष शनिबार एक कार्यक्रमका वीच स्थापना गरिएको हो ।  विद्यालयमा भएको कार्यक्रममा देवप्रसाद गौतमको अध्यक्षतामा गठित छात्रवृत्ती अक्षय कोष कार्य समितिले विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्त्ररण गरिएको छ ।

अक्षय कोष कार्य समितिले आफ्ना पूर्व शिक्षकहरु तत्कालिन प्रधानाध्यापक कृष्णबहादुर रेग्मी, मिनबहादुर केसीसँगै पूर्व सहायक प्रधानाध्यापक घनश्याम ज्ञवाली तथा शिक्षक नवराज भण्डारीलाई समेत सम्मान गरेको हो । अक्षय कोषको व्याजबाट आएको रकम कक्षा नौ र दशमा अध्ययनरत मध्ये उत्कृष्ट एक÷एक छात्र, छात्रालाई प्रति वर्ष कुल ४ जनालाई छात्रवृत्ती उपलब्ध गराईने छ । अक्षय कोष छात्रवृत्तीबाट उत्कृष्ट विद्यार्थीलाई पढाईमा थप प्रोत्साहन मिल्ने अपेक्षा राखिएको अक्षय कोष कार्य समितिका सचिव गोविन्दप्रसाद आचार्यको भनाइ छ । उनले अक्षय कोषको रकम प्रति वर्ष बृद्धि गरि धेरै भन्दा धेरै उत्कृष्ट विद्यार्थीलाई लाभ पु¥याउने उद्देश्य रहेको बताए ।


यसैवीच विद्यालयको विकासका लागि देश विदेशमा स्थापित पूर्व विद्यार्थीहरुलाई संगठित र एकत्रित गर्नका लागि सुशील केसीको संयोजकत्वमा ३ सदस्यीय पूर्व विद्यार्थी समाज तदर्थ समिति समेत गठन भएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । उनले निकट समयमै विद्यालयमा देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुको आम भेला गराएर कार्य समितिलाई पूर्णता दिइने योजना रहेको बताए । अक्षयकोष हस्तान्त्ररण कार्यक्रममा विव्यस सदस्य खड्क थापा, बसन्ती थापा, कमला नेपाली, यामु चालिसे, पूर्व विद्यार्थी समाज तदर्थ समितिका संयोजक सशील केसी, सदस्य रमा भण्डारी, गोपीकृष्ण ढकाल, लेखापाल हरिहर आचार्य र विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Translate »