सुर्खेतमा बजाजको महाएक्सचेन्ज मेला हुँदै

भदौं १८, सुर्खेत ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा बजाज महाएक्सचेन्ज मेला हुने भएको छ । भदौं २२ देखि २७ गते सम्म वीरेन्द्रनगरमा रहेको घण्टाघर लाईनमा महाएक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको कर्णाली प्रदेशका लागि बजाजको आधिकारिक विक्रेता असिम अटो पाट्र्सले बुधबार स्काई न्यूजलाई जानकारी दिइएको हो । महाएक्सचेन्ज मेलाको अवसरमा बजाज कम्पनीका नयाँ मोटरसाइलकको टेस्ट ड्राइभ, जुनसुकै कम्पनीको मोटरसाइलकसँग बजाज कम्पनीको मोटरसाइकल एक्सचेन्ज गरिने असिम अटो पाट्र्सका प्रबन्ध निर्देशक लक्ष्मण कँडेलले बताए । उनले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ग्राहकहरुलाई एकै स्थानबाट अधिकतम् विशेष अफरसहितको सेवा पु¥याउन मेला आयोजना गरिएको जनाए । ‘एक्सचेन्ज महा मेलामा कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्न सकिनेछ,’ उनले भने, ‘एक्सचेन्ज अफरमा मोटरसाइकल / स्कुटरको न्यूनतम् मुल्य ३० हजार रुपैयाँ रहेको छ ।’ उनले कुनैपनि मोटरसाइकलको प्रचलित बजार मुल्य भन्दा १५ हजार थप हुने साथै प्रत्येक नयाँ बजाज मोटरसाइकल खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्नुका साथै ठाउँको ठाउँ फाईनान्स तथा ईन्स्योरेन्सको सुविधा समेत प्राप्त गर्न सकिने जानकारी दिए ।

कर्णालीमा बजाजका मोटरसाइकलहरुको वर्सेनि बढ्दो मागलाई मध्यनजर गरेर उपभोक्तालाई सर्व सु्लभ विक्री र सेवा दिने उद्देश्यले ६ दिने महाएक्सचेन्ज मेला आयोजना गरिएको असिम अटो पाट्र्सका सेल्स म्यानेजर (विक्की कार्की ) विकासले जानकारी दिए । उनले मेलामा ग्राहकरुलाई विशेष अवसर दिएको र हरेक कर्णाली बासीलाई मोटरसाइकल चढ्न सहयोग पुग्ने गरी मेलाको आयोजना गरिएको जिकिर गरे । मेलाको अवसरमा ग्राहकको आवश्यकतालाई मध्यनजगर गर्दै फाइनान्स, वीमा, रिकण्डिसन भ्यालुएसन जस्ता सेवाहरु स्पटमा नै उपलब्ध गराइएको उनले बताए ।

Translate »