२०८३ साउन २३ , शनिबार
Sky News Nepal
August 8, 2026

सिभिल बैंकको एन्युटी डिपोजिट निक्षेप योजना



भदौं २२, सुर्खेत ।
सिभिल बैंकले पहिलो पटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको छ । बैकले आइतबार सुर्खेतको बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर एन्युटी डिपोजिटमा बचत र मुद्दतीको समायोजन गरेर बनाइएको निक्षेप योजनाको बारेमा जानकारी दिएको हो । एन्युटी डिपोजिट योजना अन्तर्गत भविष्यमा आफूलाई चाहिने रकम तोकेर बचतकर्ताले निश्चित अवधिमा समान मासिक किस्ता बैंकलाई भुक्तानी दिईने बैकका कर्णाली प्रदेश प्रमुख शैलेस कार्कीले बताए । उनले यो योजना बचतकर्ताले इच्छाइएको रकम अन्त्यमा एकमुष्ठ रकम प्राप्त गर्ने जनाए । ‘योजनामा खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहनेछ,’ उनले भने, ‘त्यसका लागि खातामा न्यूनतम मौज्दात एक हजार रुपैयाँ हुनु पर्नेछ ।’

उनले यो योजना अन्तर्गत एक देखि सात वर्षसम्म बचतकर्ताले मासिक रुपमा खातामा निश्चित रकम राख्नु पर्ने  व्यवस्था रहेको जानकारी दिए । उनका अनुसार एक भन्दा बढी खाता खोल्न पाइने भएकाले आवश्यक परेमा ३ महिनापछि बन्द गर्न मिल्नुका साथै खातामा जम्मा भएको रकम अनुसार ६० प्रतिशत ऋण निकाल्न पाइने व्यवस्था रहेको छ । सिभिल बैंकले कर्णालीका ६ वटा शाखाहरु मार्फत् आफ्नो सेवा दिइरहेको बैंकले बताएको छ । यो योजनाको लाभ देशैभरीका ९६ वटै शाखाबाट लिन पाईने छ ।

प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार
Translate »