२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

मेगा हेल्थ क्याम्पबाट साढे पाँच सय लाभान्वित



असोज ११, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित निशुल्क मेगा हेल्थ क्याम्पबाट साढे पाँच सय सर्वसाधारण लाभाविन्त भएका छन् । मधुमेह, थाइराइड तथा हर्मोन जस्ता रोग बारे जन चेतना फैलाउने उद्देश्यले पहिलो पटक सामाजिक संघ संस्थाको समन्वयमा आयोजित ‘मेगा हेल्थ क्याम्प’ ऐतिहासिक रहेको आयोजकले दावी गरेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघको प्राङगणमा आयोजित शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालनमा रहेको निशुल्क मेगा हेल्थ क्याम्पमा मधुमेह, थाइराइड तथा हर्मोन रोग सम्बन्धित सर्वसाधारणले यस्ता शिविरहरु थप गर्न माग राखेका थिए । शिविर आयोजना समितिका संयोजक भद्र भण्डारीले विशेषतः मधुमेह, थाइराइड तथा हर्मोन रोगहरु बारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले आयोजित शिविरमा नागरिकको बढ्दो सहभागिताले आफुहरुलाई उत्साहित बनाएको जिकिर गरे । उनले नेपालकै ख्याती प्राप्त मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर अंशुमाली जोशीद्वारा निशुल्क स्वास्थ्य परीक्षण गरिएकाले काठमाडौंमा पाईने सेवा सुर्खेतमै पाउँदा धेरै राहत पुगेको बताए ।

‘मेगा हेल्थ क्याम्पले हामीलाई धेरै नयाँ अनुभवहरु सिकाएको गयो,’ उनले भने, ‘हामी फेरी विभिन्न संघ संगठनहरुको सहयोग तथा समन्वयमा मुटु, फोक्स जस्ता रोग बारेको जनचेतनासहित सर्वसाधारणलाई निशुल्क चिकित्सकीय सेवा उपलब्ध गराउने बारेमा सोच बनेको छ ।’

उनले सुर्खेतस्थित सम्पूर्ण लायन्स क्लव, सुर्खेत उद्योग वाणिज्य संघ, अल्का अस्पताल प्रालि, नेपाल मेडिकल एशोसिएशन सुर्खेत, शुभकामना पोलिक्लिनिक सुर्खेत र काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिको संयुक्त आयोजना मेगा हेल्थ क्याम्प सम्पन्न गरिएको जानकारी दिए । उनका अनुसार शिविरमा विरामीलाई १० दिनसम्मको औषधी वितरण तथा रगत जाँच निःशुल्क परीक्षण गरिको थियो । उनले शिविरलाई ऐतिहाकिरुपमा सफल बनाउन विनोद श्रीवास्तव, शारदा शेर्पा, भीमप्रसाद पौडेल, राजु पाण्डे, बालकृष्ण श्रेष्ठ, भरत देवकोटा, सीता शर्मा तथा विनुसि भाष्करलगायतलाई धन्यवाद दिए ।

 

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार
Translate »