कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६१ लाख ६२ हजार ४६३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख १४ हजार १५४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ८७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ३७ हजार १८९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३१ हजार ४८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।दक्षिण अमेरिकामा २३ लाख ६३ हजार ७२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८९ हजार ३८ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ३३ लाख १५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७२ हजार ७८४ जनाको मृत्यु भएको छ ।युरोपमा २४ लाख ४१ हजार ६३६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार ५९६ को मृत्यु भएको छ । एसिया २४ लाख २७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ९९८ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ४ लाख ३५ हजार ६०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ६८३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ७०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । (रासस/ एएफपी)