दैलेखमा इन्टरलक ईंटा उत्पादन शुरु

स्काई न्यूज / साउन २४, दैलेख ।
भुकम्प प्रतिरोधी सामग्रीको प्रयोग बढाउन र वातावरणीय स्वच्छतालाई कायम राख्ने उद्देश्य सहित दैलेख जिल्लामा इन्टरलक ईंटा उद्योग सञ्चालनमा ल्याइएको छ । जिल्लाको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनि नगरपालिका–८ पुलबजारमा केही समयअघि उद्योग सञ्चालनमा ल्याई ईंटा उत्पादन शुरु गरिएको हो । केही दिनअघि मात्रै चामुण्डाबिन्द्रासैनि नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाही र उप–प्रमुख तारा शाही खत्रिले उद्घाटन गरेसँगैईंटा उत्पादन शुरु भएको हो । विशेषत स् बलियो घर तथा भवनहरु बनाउनका लागि आवाश्यक पर्ने इन्टरलक ईंटा यहाँको स्थानीय माटो, बालुवा, र सिमेन्ट मिसाएर धमाधम उत्पादन भइरहेको छ । उक्त उद्योग स्थानीय तपेन्द्रबहादुर शाही र डिग्र शाहीले सञ्चालनमा ल्याएका हुन् । अहिलेको आवाश्यकता र प्रतिकुल समयलाई मध्यनजर गर्दै हामीले जिल्लामै पहिलो पटक उद्योग सञ्चालनमा ल्याएको पुष्पक इन्टरलक ईंटा तथा ब्लक उद्योगका प्रबन्धक तपेन्द्रबहादुर शाहीले बताए ।

गाउँघरमा परम्परागत शैलिका घरहरु छन्, हेर्दा आकर्षण लाग्ने भएपनि ढुंगा र माटोबाट निर्माण गरिएका कच्चि घरहरु भुकम्पको उच्च जोखिम हुने र दिर्घकालीन हुँदैनन्,’ उनले भने । उनका अनुसार इन्टरलक इँटा रातो ईंटाभन्दा १ दशमलव ५ प्रतिशत बढी बलियो हुन्छ । इन्टरलक ईंटाको माग स्थानीय स्तरमा पनि बढेको छ । यसको प्रयोग खासै नभए पनि ग्रामिण भु–भागका सडक पुगेका स्थानीय बजारमा भने रातो ईंटाको प्रयोग भइरहेको छ ।‘इन्टरलक ईंटा भुकम्प प्रतिरोधीका साथै वातावरण मैत्री हुने भएकाले पनि महत्वपुर्ण हुने उनको भनाइ छ । उनका अनुसार ईंटा निर्माणमा आवाश्यक पर्ने सिमेन्ट प्यूठान सिमेन्टको कम्पनी स्याङ्जादेखि नै खरीद गर्ने गरिएको छ । जसमा ६० प्रतिशतजति बालुवा र २५ प्रतिशत माटो स्थानीय रामाघाट खोलाको प्रयोग गर्ने गरिएको छ । करीब रू. ८ लाखमा सञ्चालनमा ल्याइएको उक्त उद्योगमा अहिले स्थानीय १० जनाले रोजागारी पाएका छन् । उनीहरुले दैनिक १ हजार ४०० को हाराहारीमा ईंटा उत्पादन गरिरहेको उद्योगका सञ्चालक डिग्रबहादुर शाहीले जानकारी दिए । उत्पादन भएको ईंटा जिल्लाभित्र र आसपासका जिल्लाहरुमा खपत हुने गरेको छ ।

Translate »