२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

भारतद्वारा दशवटा आइसियु भेन्टिलेटर प्रदान



 

साउन २५,काठमाडौँ ।
कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दशवटा ‘आइसियु भेन्टिलेटर’ उपहार स्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेना पति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा प्रदान गरे। मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीका रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँ स्थित भारतीय राजदूतावासले जनाएको छ । हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्घ रहेको बताए । प्रधान सेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतबार
Translate »