पहेंलो धातुका गहनासहित एक पक्राउ

स्काई न्यूज /साउन २९, सुर्खेत ।
सुर्खेतमा सुनजस्तै देखिने पहेंलो धातुका गहनासहित एक जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार राती सदरमुकाम वीरेन्द्रनगर–३, स्थित मनबहादुर सुनारको घरबाट सुनजस्तै देखिने पहेंलो धातुका गहनासहित एक जनालाई नियन्त्रणमा लिइएको हो । जिप्रकाका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीका अनुसार हातमा लगाउने दुई वटा कडा, १६ वटा चुरा, तीन वटा कानमा लगाउने झुम्का, तीन वटा काँटा र ४ वटा श्रीफूल बरामद भएको छ । ‘गहनाहरु सुनको जस्तै देखिए पनि परीक्षण हुन बाँकी छ,’ उनले भने, ‘बरामद गरगहनाको परीक्षण तथा नापतौलसँगै बैध वा अबैध हुन भनि अहिले अनुसन्धान भईरहेको छ ।’ घटनाबारे थप अनुसन्धान भैरहेकाले पक्राउ परेको व्यक्तिको परिचय खुलाईएको छैन् । विशेष सुराकीको आधारमा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले झण्डै २० तोला सुन बरामद गरेको हो ।

Translate »