फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

स्काई न्यूज/ साउन ३२, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य वृद्धि गरेको जानकारी दिएको छ । नयाँ मूल्य समायोजन पश्चात डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. ९१ र पेट्रोलको मूल्य रू. १०५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जानकारी दिएको छ । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु परेको निगमले बताएको छ ।

Translate »