दैलेखमा पहिरोले २ जनाको मृत्यु, ६ घाईते, एक वेपत्ता

पंखबहादुर शाही /भदौं ३, दैलेख ।
मंगलबार राती देखि परेको अविरल बर्षाका कारण दैलेखका दुई स्थानीयतहमा पहिरो जाँदा ठूलो धनजनको क्षती भएको छ । पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका– ४ गैरे–गाउँमा गएराती करिबसाढे ११ बजेतीर पहिरोले स्थानीय टिकाराम कठायतको घर बगाउँदा उनका कान्छा छोरा १२ बर्षिय जनक कठायतको मृत्यु भएको हो । पहिरोले ५० टिकारामसहित उनकी श्रीमति ४५ बर्षीय धनसरा कठायत, छोरी १७ बर्षीय बेल कठायत र माइलो छोरा १५ बर्षीय समसेर कठायत घाईते अबस्थामा भेटिएको स्थानीय वीरेन्द्रबहादुर कठायतले जानकारी दिए ।
मृत्यु भएका जनक सँगै सुत्न जनकको घरमा आएका स्थानीय दानबहादुर कठायतका ११ बर्षिय छोरा लोकेश अहिले पनि वेपत्ता भएको प्रहरीले बताएको छ । सोही ठाउँकै ३४ बर्षिय महेन्द्रबहादुर शाही, २३ बर्षका गम्म नेपाली पनि घाईते भएका छन् । दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार घाईतेको अबस्थाका बारेमा जानकारी आइसकेको छैन् । अहिले प्रहरी घटना स्थलमा गइसकेको उनले बताए ।


क्षेत्रीका अनुसार पूर्विभागमा पर्ने भगवतीमाइ गाउँपालिका–५ कट्टीमा पहिरोले घर पुरिँदा बर्ष ६६ को बलबहादुर रावतको मृत्यु भएको छ । गैरागाउँमा भएको घटना स्थलमा रहेका उक्त, वडाका वडा अध्यक्ष रमेशबहादुर सिजापतीका अनुसार पहिरोले ठूलो मात्रामा भौतिक क्षती पु¥याएको छ । घरभन्दा माथिबाट पहिरो खसेकाले टिकारामका २ ओटा घरमा पूर्ण रुपमा क्षती भएको छ भने घरमा रहेको सुन, साढे ४ लाख भन्दा धेरै रुपैयाँ पहिरोमै हराएको बताईएको छ । यस्तै ४ ओटा घरमा पनि केही मात्रामा क्षती भएको छ । यस्तै हाइड्रो पावर हाउसमा समेत पूर्ण रुपमा क्षती हुनका साथै घरभन्दा तल फाँटमा रोपिएको धानखेतीमा समेत क्षती पु¥याएको अध्यक्ष सिजापतीले जानकारी दिए । घटना बारे विस्तृत विवतरण आउँन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षत्रीले बताए ।

Translate »