रुख पोलमा ढलेपछि जिल्लाभर विद्युत अवरुद्ध

स्काई न्यूज/ भदौं ५, सुर्खेत ।
वर्षासँगै आएको हावाहुरीले विद्युतको पोलमा रुख ढलेपछि सुर्खेत जिल्लाभर विद्युत अवरुद्ध भएको छ । गएराती जिल्लाको लेकबेसी नगरपालिकाको कल्याण र हिलेसोता वीचको जंगलमा हावाहुरीले रुख ढलेपछि ९ वटा पोलमा क्षति पुगेर विद्युत सेवा अवरुद्ध भएको हो । कोहलपुर–सुर्खेत ३३ केभी मुख्य प्रसारण लाईन अन्तर्गत रामघाट–कल्याण क्षेत्रमा हावाहुरीले रुख ढालेर पोलमा क्षति पु¥याएपछि गएराती ९ बजेबाट अबरुद्ध विद्युत सेवा हालसम्म सुचारु हुन सकेको छैन् ।

ढलेको रुखले विलुलीको पोल बङगाउनुका साथै तार चुँडिएकाले आज साँझसम्म मर्मत गरेर सुचारु गर्ने काम भईरहेको विद्युत प्राधिकरण सुर्खेत शाखा प्रमुख टंकराज गिरीले जानकारी दिए । उनले रुख ढलेर बाङगिएका पोल सिधा बनाउन र चुँडालिएका तार जोड्न एक दर्जन कर्मचारी परिचाल गरेर अवरुद्ध विद्युत सुचारु गर्ने कार्य भईरहेको बताए । प्रतिकूल मौसमका बावजुद अवरुद्ध विद्युत सेवा सुचारु गर्न खटिएको टोलीलाई सहयोग गर्ने ईलाका प्रहरी कार्यालय लेकबेसी र गंगटे खोलामा जेसिभिबाट प्राधिकरणको गाडी खोला पार गर्न सहयोग गर्ने लेखवेसी नगरपालिकालाई विद्युत कार्यालय प्रमुख गिरीले धन्यवाद व्यक्त गरेका छन् । उनका अनुसार कुनै प्राकृतिक अवरोध नआए आजै बेलुका ५ बजेसम्म विद्युत सेवा पुनः सुचारु हुने छ ।

Translate »