असोज १५ गतेपछि देशभर सुपथ मूल्य पसल सञ्चालन हुने

असोज ८,काठमाडौँ ।
आगामी असोज १५ गतेपछि देशभर दशैं-तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार, असोज १५ गतेपछि लगत्तै सुपथ मूल्य पसल खुल्नेछन् । विगतका वर्षमा पनि घटस्थापना हुनुभन्दा १५ दिनअघि सहुलियत पसल खुल्ने गरेकोमा यो वर्ष पनि असोज १५ पछि नै सहुलियत मूल्य पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ । हरेक वर्ष सरकारले दशैं -तिहारका लागि लक्षित गरी चिनी, नुन, तेल, दाल, चामल लगायतका उपभोग्य वस्तुको सहुलियत दरमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

Translate »