सुर्खेतमा चाडपर्व लक्षित सहुलियत मूल्यको पसल सञ्चालन तयारी

स्काई न्यूज / असोज १३, सुर्खेत ।
सुर्खेतमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन तयारी गरिएको छ । बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनको तयारी गरेको हो । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी भईरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ । कम्पनीको केन्द्रीय निर्देशन अनुसार नै सुर्खेतमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले जानकारी दिए । उनले सकेसम्म यही असोज १५ देखि मंसिर ६ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने तयारी भईरहेको बताए । ‘केन्द्रको निर्देशन अनुसार कर्णालीका कति स्थानमा सहुलियत मूल्य पसल खोल्ने भन्ने निर्णयको पर्खाईमा बसेका छौं,’ उनले भने, ‘सहुलियत पसलमा कुन कुन वस्तु कति मूल्यमा पाइने भन्ने विषय भने केही दिनमा टुंग्याईनेछ ।’ उनले केन्द्रको निर्देशन आएमा सुर्खेतमा चामल, फापर, सिमी, पिठो, नून, चिनी, तेललगायतका वस्तु उपलब्ध गराउन सकिने जनाए । ‘केन्द्रको स्वीकृति मिलेमा सुर्खेतका वीरेन्द्रनगर, चौकुने गाउँपालिका एवं सिम्तामा सहुलियत मूल्य पसल सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘नागरिकको मागलाई ध्यानमा राख्दै केही नसके कम्तीमा सहुलियत घुम्ती पसल सेवा सञ्चालन गर्न सके ठूलो राहत पुग्ने देख्छु ।’ उनले कोरोना कहरले आजित जनतालाई कम्पनीले सकेसम्म घरदैलोमै सेवा पु¥याउने कोसिसमा रहेको जनाए । उनका अनुसार निजी क्षेत्रलाई समेत समेटेर सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउन आवश्यक देखिन्छ ।

 

Translate »