सुनचाँदीको मूल्य फेरि बढ्यो

असोज १४, काठमाण्डौं ।
नेपाली बजारमा सुनको मूल्य यो सातादेखि नै निरन्तर बढीरहेको छ । यो साताको चौथो कारोबार दिन बुधवार सुनको मूल्य प्रतितोला रू.५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार फाइन गोल्डको मूल्य प्रतितोला रू.९४ हजार ७०० र तेजाबी गोल्डको मूल्य प्रतितोला रू.९४ हजार २०० मा कारोबार भइरहेको छ । सुनको मूलय तोलामा मंगलवार रू. ९०० ले बढेको थियो । गत आइतबार तोलामा रू.६०० रले घटेको सुनको मूल्य सोमवार भने स्थिर रहेको थियो। यसैगरी बुधवार चाँदीको मूल्य पनि तोलामा रू.१५ ले बढेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला रू.१ हजार १९० मा कारोबार भइरहेको छ । मंगलवार पनि चाँदीको मूल्य रू.२५ ले बढेको थियो । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो । अहिले घटेर प्रतितोला रू.९३ हजारको सेरोफेरोमा कारोबार भइरहेको छ । सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।

Translate »