२० वर्ष उमेर पुगी विवाह गर्नेले २० हजार पुरस्कार पाउने
जगदीश रोकाया / असोज २१,बझाङ ।
“बिवाहवारी २० बर्ष पारी” भन्ने बझाङ जिल्लाले नारा लिएको भएपनि गाँउघरमा बाल विवाह गर्ने प्रचलन हट्न नसकेपछि जिल्लाको विकट साइपाल गाँउपालिकाले बालविवाह न्युनिकरण गर्न एउटा जुक्ती निकालेको छ । यसपाली गरिएको गाँउसभाले अवको मंसिर महिना देखी २० वर्ष उमेर पुगेर बिबाह गर्ने जोडीलाई नगद २० हजार दिने र्निणय गरेको छ । तिव्वतको सिमानासंग जोडिएको जिल्लाको सवै भन्दा दुर्गम विकट साइपाल गाँउपालिकामा बाल विवाह गर्ने प्रचलन बढ्दै गएपछि जनप्रतिनिधिहरुले यस्तो र्निणय गरेको गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले वताए ।
उनले भने गाँउपालिका भित्र रहेका सवै विद्यालयका शिक्षक साथै समुदायका अग्रजहरु लाई पनि बालविवाह दुरुसाहित गर्ने भनेका छौ र अव देखी २० वर्ष उमेर कटेर विवाह गर्ने लाई २० हजार दिने पालिकाले नितिगत र्निणय गरेको छ । साइपाल गाँउपालिकामा प्राय धेरै जसो सानै उमेरमै विवाह गर्ने प्रचलन भएकाले महिलाहरुको स्वास्थ्य अवस्था कमजोर साथै पारिवारिक समस्या र अन्य सामाजिक समस्या हुने गरेको जनप्रतिनधिहरुले महसुस गरेका छन । सानै उमेरमा विवाह गर्दा कतिपयको सुत्केरी अवस्थामा समस्या भयो जन्मानन्तर र गर्भाअन्तर फरक नहुदाँ आमा र बच्चाको स्वास्थ्य अवस्थामा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ ।