दैलेखका स्वास्थ्य केन्द्र स्तरोन्नति हुँदै

स्काई नयूज / असोज २३, दैलेख ।
चालू आर्थिक वर्षमा दैलेखका चार वटा स्थानीय तहका स्वास्थ्य संस्थाको स्तरोन्नति गरिने भएको छ । त्यसका लागि संघीय सरकारले करिब चार करोड बराबरको रकम विनियोजन गरेको हो । संघीय मन्त्रालयको भदौ १ को निर्णयअनुसार जिल्लाका महावु, नौमुले, गुराँस गाउँपालिका तथा चामुण्डा बिन्द्रासैनी नगरपालिकामा रहेका एक/एक स्वास्थ्य संस्थाको वार्ड वृद्धि र स्तरोन्नति गरिनेछ,’ दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सांसद पार्वती विसुन्केले भनिन् ।’

गुराँस गाउँपालिकाको रतिखोला स्वास्थ्य चौकी, नौमुले गाउँपालिकाको नौमुले प्राथमिक स्वास्थ्य चौकी र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको लयाटीबिन्द्रासैनी स्वास्थ्य चौकीमा थप १५/१५ शैयाको वार्ड निर्माण गरिनेछ । त्यसका लागि १ करोडको दरमा रकम पठाइएको छ । यस्तै, महावु गाउँपालिकाको गैडाबाज स्वास्थ्य चौकीलाई १० शैया थप गर्न ८५ लाख रकम विनियोजन गरिएको छ । कोरोना महामारीसँगै स्थानीय स्तरमा भएका स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिका लागि उक्त रकम विनियोजन गरिएको हो ।

 

Translate »