टे«ड यूनियनबाट यामबहादुरलाई आर्थिक सहयोग

स्काई न्यूज /पुस १, सुर्खेत ।  बसको छतबाट खसेर करिव ५ वर्षदेखि कम्मरमुनीको भाग नचल्ने अवस्थामा रहेका पूर्व सवारी चालक यामबहादुर नेपालीलाइ नेपाल ट्रेड युनियन काँग्रेस सुर्खेतले आर्थिक सहयोग गरेको छ । वीरेन्द्रनगर ६ शान्तिटोलमा बस्ने नेपालीलाई बुधबार नेपाल टेड युनियन कांग्रेस र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ट्रेड युनियनका अध्यक्ष गणेशकुमार कार्की, यातायात मजदुर संघका केन्द्रिय सदस्य गणेश थापा, इकाइका सचिव नेत्र गौतमले नेपालीको घरमै पुगेर नगद सहयोग हस्तान्तरण गरेका हुन । अध्यक्ष कार्कीले उमेर हद या अपांगताका कारण रोजगारी गुमाएर आर्थिक लगायतका समस्यामा परेका श्रमिक मजदुरका आर्थिक तथा सामाजिक सुरक्षाका लागि टे«ड युनियनको लडाई निरन्तर जारी रहको बताए । उनले जीवनको ऊर्जाशील समय आमनागरिक र रोजगारदाताको सेवामा बिताएका मजदुरको सामाजिक सुरक्षाको दायित्व राज्यले अझैपनि लिन नसकेको गुनासो गरे । यस्तै मजदुर संघका केन्द्रिय सदस्य थापाले श्रमिकलाई राजनीतिक आस्थाका आधार राज्यले विभेद गर्दै आईरहेको आरोप लगाए । त्यस्तै यातायात मजदुर संघ ईकाइका सचिव नेत्र गौतमले यातायात मजदुर संघमा आबद्ध सदस्यहरुबाट रकम संकलन गरि विगतमा पनि नेपालीलाई आर्थिक सहयोग गरिँदै आएको बताए । यता २०७३ साउनमा पश्चिम रामाघाटमा आफैले चलाउने बसको छतमा सुतिरहेका बेला राती एक्कासी खसेका नेपालीको कम्मरमुनीको भाग पूर्णरुपमा नचल्ने अवस्था रहेको छ । आयआम्दानी गर्ने घरको आफु मात्र भएकाले अपाङ्गताका कारण थला परेपछि घरपरिवार चलाउन निकै कठिन भइरहेको नेपालीले बताए ।

Translate »