हरिवंश र मिलनको ‘ए कालु भेना’मा नाजिर र आंचल

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन् । उनको स्वर र अभिनयमा रहेको गीत  माछीलाई खोलिको लेउ केही समय अगाडि सार्वजनिक भएको थियो।

दर्शकको राम्रो साथ पाएको उक्त गीतपछि हरिवंशले अर्को गीत सार्वजनिक गरेका छन् । ए कालु भेनाु बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएका छन् । गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ ।

गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग रहेको छ ।

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आंचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् । गाउँघरको परिवेश र त्यहाँको माहोललाई समेटेर गम्भीरले भिडियोको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन् ।

हरिवंशका गीत र भिडियोबाट अपेक्षित संदेश भिडियोमा प्राप्त गर्न सकिन्छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेंद्र अधिकारीले सम्पादन गरेका छन् । गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट रिलिज भएको छ । (नागरिक)

 

Translate »