कुन उमेरका मानिस कति घण्टा सुत्ने ? घटी वा बढी सुते गम्भिर असर पर्नसक्ने
तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको लागि निद्राको आवश्यक मात्रा उमेर अनुसार फरक हुन्छ । तपाईंको राम्रो स्वास्थ्यको लागि कति निद्रा आवश्यक छ भनेर जान्नुहोस् :
सामान्यतया, यदि तपाइँ ५ घण्टा भन्दा कम सुत्न पाउँछन्, यसले तपाईको मस्तिष्कको कार्यक्षेत्रमा नकारात्मक असर पार्दछ। आवश्यकता भन्दा बढी सुत्दा पनि यस्तो समस्या आउन सक्छ ।
अनुसन्धानका अनुसार, निन्द्राको मात्रा सबै उमेरका व्यक्तिमा फरक हुन्छ।
नवजात शिशुदेखि ३ महिना उमेर समूह : नवजात शिशु अवस्थादेखि ३ महिना उमेरको बच्चालाई निन्द्राको आवश्यकता सामान्यभन्दा करिब दुईगुणा बढी रहेको हुन्छ ।
यी बच्चाहरूलाई हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक हुन्छ, जसमध्ये कम्तिमा ११ देखि १७ घण्टा निदाउन महत्त्वपूर्ण छ । तर १९ घण्टाभन्दा बढी निदाउनु पनि बच्चाको दिमागको विकासलाई बाधा पुग्न सक्छ ।
४ महिनादेखि १ बर्ष उमेर समूह : ४ महिनादेखि १ बर्षसम्मका उमेरका बच्चालाई १२ देखि १५ घण्टा वा कम्तिमा १० घण्टा निदाउनु आवश्यक हुन्छ ।
यस्तै, १८ घण्टाभन्दा बढी निन्द्रा तिनीहरूको लागि खतरनाक हुनसक्छ ।
१ देखि २ बर्ष उमेर समूह : १ देखि २ बर्षसम्मका बच्चाको लागि ११ देखि १४ घण्टा निदाउनु राम्रो मानिन्छ । यसभन्दा बढी वा कम निदाउनु यी उमेर समूहका बच्चाहरुको लागि लाभदायी हुँदैन ।
३ बषैदेखि ५ बर्ष उमेर समूह : ३ देखि ५ बर्षसम्मका बालबालिकादेखि १० देखि १३ घण्टाको निन्द्रा राम्रो मानिन्छ । यसैगरी ८ घण्टाभन्दा कम वा १४ घण्टाभन्दा बढी निदाउनु उनीहरुका लागि हानिकारक हुनसक्छ ।
६ देखि १३ बर्ष समूह : ६ देखि १३ बर्ष उमेर समूहका बच्चाहरुको लागि ९ देखि ११ घण्टाको निन्द्रा राम्रो मानिन्छ । उनीहरुका लागि ७ घण्टाभन्दा कम वा ११ घण्टाभन्दा बढी निदाउनु उनीहहरुका लागि हानिकारक हुन्छ ।
१४ देखि १७ बर्ष समूह :१४ बर्षदेखि १७ बर्ष उमेर समूहका लागि ८ देखि १० घण्टाको निन्द्रा राम्रो मानिन्छ ।
१८ देखि २५ बर्ष समूह: १८ देखि २५ बर्ष समूहका लागि ७ देखि ९ घण्टा सुत्नु फाइदाजनक रहेको छ । तर यसभन्दा घटी वा बढी भने हानिकारक हुनजान्छ ।
२६ देखि ६४ बर्ष समूह : २६ बर्ष देखि ६४ वर्ष उमेरका मानिसहरूलाई पनि ७ देखि ९ घण्टा निद्रा आवश्यक छ । यसले मानसिक स्वास्थ्यका साथै कार्यक्षमता पनि प्रभावकारी बनाउन सहयोग गर्दछ ।
६४ बर्ष उमेर समुहभन्दा माथि : ६४ बर्ष उमेर समूहका मानिसहरुका लागि ७ देखि ८ घण्टाको निन्द्रा राम्रो मानिन्छ । बढ्दो उमेरका साथ, निद्रा आवश्यकता पनि घट्दै जान्छ । तर यस उमेरमा ५ घण्टाभन्दा कम निदाउनु वा ९ घण्टाभन्दा बढी निदाउनु पनि स्वास्थ्यका लागि हानिकार मानिन्छ ।
यसको अलवा कम वा धेरै सुत्दा यसको सम्बन्ध तपाईंको स्वास्थ्यमा पर्दछ । यसले रक्तचाप, मस्तिष्कको कार्यक्षमता, शारीरिक उर्जामा कमि, चिडेचिडेपन, तनाव, मानसिक समस्या, टाउको दुख्नु, सुगर, मोटोपन र मुटुरोग जस्ता समस्या सिर्जना हुनसक्छ । यसकारण उमेरसमूह अनुसार निश्चित समयसम्म निदाउनु आवश्यक हुन्छ । (न्यूज एजेन्सी)