२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

श्रीमानबाट छुट्टिने योजनामा शिल्पा शेट्टी



पोर्नोग्राफी मुद्दामा व्यापारी राज कुन्द्रा १९ जुलाइमा पक्राउ परेका थिए। अहिले पनि उनि हिरासतमै छन्।

यो मुद्दाबाट राजले तत्काल छुटकारा पाउने संभावना देखिँदैन। राजले पोर्नोग्राफीको व्यापार गरिरहेका छन् भन्ने सार्वजनिक भएपछि उनकी पत्नी तथा नायिका शिल्पा शेट्टी चकित परेकी छन्।

उनको यस खबरले शिल्पा शेट्टीको करियरमा नै प्रश्नसमेत उठेको छ। आफ्नै श्रीमानको यस्तो खबरले आश्चर्यमा परेकी शेट्टी सुपर डान्सर ४को निर्णायकबाट  केही समय बिदा लिएकी थिईन्। उनी अहिले भने सुपर डान्सरको मञ्चमा फर्किसकेकी छिन्।

भारतीय समाचारका अनुसार शिल्पाले आफू र आफ्ना बच्चाहरुलाई राजको सम्पतिबाट अलग राख्ने बुझिएको छ। आफ्नो घरमा पति राजले ल्याउने उपहार हिरा तथा डुप्लेक्स अवैध धन्दाबाट आउने बारे बेखबर रहेको शेट्टीकी एक नजिकको मित्रले उल्लेख गरेकी छन्।

सेट्टीले आफ्ना बच्चाहरुलाई समेत राज कुन्द्राले कमाएको सम्पत्तिमा सामेल नगराउने खबर आईरहेको छ। उनी आफैं काम गरेर पैसा कमाउने तथा बच्चाहरुलाईपाल्न सक्ने क्षमता रहेको पनि उल्लेख गरेकी छिन्। अश्लिल भिडियो बनाउने तथा एडल्ट फिल्म र्‍याकेटको आरोपमा परेका राजको केस दिनानुदिन जटिल बन्दै गएको छ।

यसै सन्दर्भमा सेट्टीकी एक मित्रले एक भारतीय सञ्चार माध्ययम बलिउड हंगामासंग अन्तवार्ता दिंदै राजको केस गम्भिर बन्दै गएको र समयसंगै यस केसको समस्याहरु पनि बढ्दै गएको बताएकी छन्। १९ जुलाइमा राज कुन्द्रा महाराष्ट्रबाट पक्राउ परेका थिए । अहिले उनी हिरासतमा नै रहेका छन्। सन् २००९ मा शिल्पा सेट्टीले राजसंग विवाह गरेकी थिईन्। सेट्टी राजकी दोस्रो श्रीमती हुन् । (नागरिक)

प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार
Translate »