स्मिता दाहालले गाइन् हिन्दी गीत

काठमाडौं : गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीत गाएकी छन्। ‘इबादत बन गए हो’ बोलको गीतमा  दाहाल र शबाब सबरीको आवाजमा रहेको छ।

गीतमा गायक सबरीको संगीत र केआर वाहीको शब्द छ। गीतको भिडियोमा स्मिता आफैँले मोडलिङ गरेकी छन्।

गीतमा दाहालसहित भारतीय टेलिभिजनका सफल कलाकार अर्जुन बिज्लानीको अभिनय रहेको छ। स्मिता र अर्जुनको जोडी भिडियोमा रोमान्टिक देखिएको छ। राजीव एस रुयाले निर्देशन गरेको यो भिडियोलाई पूनम यादवले निर्माण गरेकी हुन्।

भिडियोमा देहरादुनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई प्रस्तुत गरिएको छ। उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्। (अन्नपूर्ण पोस्ट्)

 

Translate »