पल र लक्ष्मी पपुलर मोडल

दुर्गेश र पूजालाई ‘उत्कृष्ट मोडल’को अवार्ड

तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ आयोजना गरिएको छ । ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ सोमबार चन्द्रागिरी हिल्स रिसोर्टमा ३५ वटा रेगुलर विधासँगै जुरी अवार्ड तथा पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

जसमा उत्कृष्ट भिडियो निर्देशकको अवार्ड ‘नबोली नबोली’ गीतबाट बिधान कार्कीले पाए भने पपुलर मोडल पुरुषको अवार्ड ‘फुलबुट्टे सारी’बाट पल शाहले पाउँदा पपुलर मोडल महिलाको अवार्ड ‘जेल पनि सहुँला’बाट लक्ष्मी बर्देवाले हात पारिन् ।

उत्कृष्ट मोडल आधुनिक पुरषतर्फको अवार्ड ‘बहुला २’ बाट दुर्गेश थापाले हात पारे । उत्कृष्ट मोडल आधुनिक महिलाको अवार्ड ‘पुरानो घाउ’बाट पूजा शर्माले हात पारिन् भने पपुलर सिङ्गर पुरुषको अवार्ड ‘फुटेका चुरा’बाट प्रकाश सपूतले हात पारे । त्यस्तै पपुलर सिङ्गर महिलाको अवार्ड ‘फुलबुट्टे सारी’बाट मिलन नेवारले हात पारिन् ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड वितरण समारोहमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मीला मल्ल, कलाकार संघका अध्यक्ष रबिन्द्रं खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष एवं लोकदोहोरी गायक बद्री पंगेनी लगायतका चलचित्र तथा संगीतकर्मीको उपस्थिति रहेको थियो । अवार्डको जुरी टिममा निर्देशक जनकदीप पराजुली, संगीतकार तथा एरेन्जर राहुल प्रधान र गायक सुमन शेखर मानन्धर रहेका थिए । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले कार्यक्रमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ‘पत्रकारिता पुरस्कार’बाट लक्ष्मण सुवेदी, कुबेर गिरी र रमेश बस्नेतलाई नगद, दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरिएको थियो । अवार्ड समारोहमा सहभागी हुन नायिकाहरु पूजा शर्मा, आँचल शर्मा, लक्ष्मी बर्देवा, मोडल तथा गायक प्रकाश सपूत, दुर्गेश थापा, मोडल अन्जली अधिकारी, संगीतकार अर्जुन पोखरेल, गायिका दुर्गा खरेल, गायक प्रताप दास, मोडल सुधिर श्रेष्ठ, गायिका एलिना चौहान लगायतको उपस्थिती थियो ।

अवार्ड बिजेताको सूची

१. बेस्ट भिडियो निर्देशक – बिधान कार्की (नबोली नबोली)

२. बेस्ट भिडियो कोरियोग्राफर – सन्तोष राजबाहक (पहिलो माया)

३. बेस्ट भिडियो सम्पादक – धुर्बराज पराजुली ‘प्रज्वलित’

४. बेस्ट सिनेम्याटोग्राफर – नवराज उप्रेती (फुटेका चुरा)

५. बेस्ट लोक गायक – युवराज मगर (गोरखपुरे रेल)

६. बेस्ट लोक गायिका – अनिता चलाउने (फुटेका चुरा)

७. बेस्ट लोक गीत कम्पोजर – प्रभावन जे (माछी भुल्यो)

८. बेस्ट लोक फिमेल मोडल – अन्जली अधिकारी (उखु गुलियो)

९. बेस्ट लोक मेल मोडल – महेन्द्र गौतम (निष्ठुरे)

१०. बेस्ट रचना लोक – गणेश चौलागाईं (मायाको झण्डा)

११. बेस्ट रचना पप – सिन्चुरी सुरेश घमाल (संगैको साथी)

१२.बेस्ट पप सिंगर मेल – राहुल रक्स (तिमी रिसाउँदा)

१३. बेस्ट पप सिंगर फिमेल – रानी शाक्य (सालघारी)

१४. बेस्ट पप कम्पोज – नागेन्द्र श्रेष्ठ (तिमी बिना)

१५.बेस्ट पप मोडल मेल – सुधिर श्रेष्ठ (भन के गरम)

१६. बेस्ट पप मोडल फिमेल – रेबिका गुरुङ (बाटोको काँडा)

१७. बेस्ट प्लेब्याक सिंगर मेल – प्रताप दास (हर युग होस्– प्रेमगीत)

१८. बेस्ट प्ले ब्याक सिंगर फिमेल – प्रविशा अधिकारी (हर युग होस्–प्रेमगीत)

१९. बेस्ट कम्पोजर फिल्म – अर्जुन पोखरेल (तिम्रो घरको वरपरी–म यस्तो गीत गाउँछु २)

२०. न्यु फेस सिङ्गर फिमेल – अस्मिता परियार (आकाशै को)

२१. न्यु फेस सिङ्गर मेल – दुर्गा बिसी (झ्यालै मा)

२२. डेब्यु मोडल मेल – डिमन क्षेत्री (तिमी रिसाउँदा)

२३. डेब्यु मोडल फिमेल – प्राची लामा (तिमी यति राम्री किन)

२४. बेस्ट गायक आधुनिक मेल – युवराज चौलागाईं (देउता भाकी)

२५ बेस्ट गायीका आधुनिक फिमेल – समीक्षा अधिकारी (नबोली नबोली)

२६. बेस्ट मोडल आधुनिक मेल – दुर्गेश थापा (बहुला २)

२७. बेस्ट मोडल आधुनिक फिमेल – पूजा शर्मा (पुरानो घाउ)

२८. बेस्ट कम्पोज आधुनिक – सुभाष भुषाल (दोबाटोमा चौतारी)

२९. बेस्ट लिरिक्स आधुनिक –उषा केसी पोखरेल (पैसा पैसा)

३०. बेस्ट गीत – बिमल डाँगी÷सरिता डाँगी

३१. पपुलर सिङ्गर मेल – प्रकाश सपूत (फुटेका चुरा)

३२. पपुलर सिङ्गर फिमेल – मिलन नेवार (फुलबुट्टे सारी)

३३. पपुलर म्युजिक कम्पोजर– राजनराज शिवाकोटी (फुलबुट्टे सारी)

३४. पपुलर मोडल मेल – पल शाह (फुलबुट्टे सारी)

३५. पपुलर मोडल फिमेल – लक्ष्मी बर्देवा (जेल पनि सहुँला)

जुरी अवार्ड

बेस्ट गायक – सचिन रौनियार

बेस्ट गायिका – दुर्गा खरेल

बेस्ट गायक – कमल राई

बेस्ट गायिका – एलिना चौहान

बेस्ट नव गायक – आर सी सापकोटा

बेस्ट नव गायक – बिबेक चौलागाईं

बेस्ट गायक – पदम भट्टराई

बेस्ट गीतकार – महेश आचार्य

बेस्ट गायक –मंगल बिक

बेस्ट गायक – पूर्ण लिम्बु

बेस्ट मोडल – चाँदनी प्रधान

पब्लिक च्वाइस डायस्पोरा – धन किरण गुरुङ

तुलसी मिडिया बिशेष निर्देशक अवार्ड – खिल बहादुर गुरुङ

तुलसी मिडिया बिशेष कलाकार – बिरबल घले

तुलसी मिडिया भर्सटाइल अवार्ड – नरेश भट्टराई

पब्लिक च्वाइस अवार्ड – आँचल शर्मा

(अनलाइन खबर)

Translate »