राप्ती राजमार्ग अवरुद्ध

सल्यान । अविरल वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ ।


राप्ती राजमार्ग अन्तर्गत दाङ– सल्यान खण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पानी परिरहेको तथा माथिबाट लेदो सहितमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएकाले राजमार्ग सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । डोजर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको उनको भनाई छ । जिल्लाका अन्य स्थानमा खसेको पहिरो हटाएर यातायात सुचारु भईसकेको उनले जानकारी दिए ।

Translate »