बुटवलमा युवतीमाथि गोली प्रहार


रुपन्देही । बुटवलमा एक युवतीमाथि अपरिचित व्यक्तिबाट आज बिहान गोली प्रहार भएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मरमाथि गोली लागेको छ।
रैनादेवि छहरा घर भई हाल बुटवल–११ बुद्धनगर बस्ने बिस्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

केही दिनअघि एकजना भारतीय युवकसँग बिष्टको विवाद भएकोले उनैले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ । घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
२९ वर्षीय युवती अविवाहित सँग नाम ठेगाना खुली नसकेको भारतीय नागरिक अनुमान गरिएका युवकले एकतर्फी प्रेम गरेका र युवतीले अस्वीकार गरेपछि गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी रानाले बताए ।
गोली लागेकी युवती बोल्न सक्ने अवस्थामा रहेकी र स्वास्थ्य स्थिति खतरामुक्त रहेको अस्पातलमा अप्रेसनका लागि पु¥याइएको उनले जानकारी दिए ।

