जापानकी प्रधानमन्त्री ताकाइचीको दललाई दुईतिहाइ सिट

टोकियो (जापान) ।  जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले संसदीय निर्वाचनमा दुईतिहाइ सिट जितेको छ ।

सरकारी प्रसारक एनएचकेका अनुसार प्रारम्भिक मतगणनामा एलडीपीले तल्लो सदनका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ । यो तल्लो सदनको सिटको ६८ प्रतिशत हो ।

यो एलडीपीले अहिलेसम्मकै हासिल गरेको सर्वाधिक ठूलो जित हो । सन् १९५५ मा स्थापना भएको यो पार्टीले यसअघि सन् १९८६ मा संसदको ३०० सिट जितेको थियो । संसदीय निर्वाचन अन्तर्गत गत आइतवार मतदान भएको थियो । एजेन्सीको सहयोगमा

Translate »