दैलेख–१ मा नेपाली काँग्रेसकी बासना थापा विजयी


दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्वर–१, बाट नेपाली काँग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले १२ हजार ३ सय ७२ मत प्राप्त गरेर विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रबिन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नन्द किशोर बस्नेतले ८ हजार १ सय ५१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अमरबहादुर थापाले ३ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका रणबहादुर सिंहले ५ सय ९८ मत, मादल चिन्हका जगतबहादुर ओलीले २ सय ९७ मत, गुलाफ चिन्हका रामलाल विकले २ सय ३६, गिलास चिन्हका नरबहादुर सिंहले ९१, भँगेरा चिन्हका लोकबहादुर बोगटीले २९ र मोबाइल चिन्हका मेनका श्रेष्ठले १६ मत प्राप्त गरे ।
दैलेख–१, मा २०६४ सालमा विजय भएको नेपाली काँग्रेसले त्यसपछि लगातार पराजय भोग्दै आएको थियो । हालसम्म पनि प्रतिनिधि सभा निर्वाचन विजयी हुन नसकेको नेपाली काँग्रेसले १८ वर्षपछि आफ्नो विरासत फर्काएको हो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्रमा कुल १ लाख ६१ हजार २०४ मतदाता रहेकोमा ७६ हजार १६१ मत खसेको थियो । निर्वाचन क्षेत्र नम्बर १ मा ४१ हजार ५५ मत खसेको थियो भने निर्वाचन क्षेत्र नम्बर २ मा ३५ हजार १०६ मत खसेको थियो ।

