२०८३ भदौ ६ , शनिबार
Sky News Nepal
August 23, 2026

पहिरोले दैलेखको कठायत टोलमा खानेपानी आपूर्ति अवरुद्ध, थापा टोल जोखिममा



दैलेख । अविरल वर्षासँगै गएको पहिरोले दैलेखको ठाटीकाँध गाउँपालिका–५, स्थित थापा टोलका स्थानीयवासी त्रासमा रात बिताउन बाध्य भएका छन् । पहिरोका कारण सोही टोलका पाँच घर उच्च जोखिममा परेका हुन्।

पहिरोले घर तथा जग्गामा क्षति पुर्‍याएको स्थानीय सेरबहादुर भण्डारीले जानकारी दिए । उनले घर र आँगनसमेत चर्किएर जोखिम बढेकाले राति घरमा बस्न नसकी आफन्तकोमा शरण लिनु परेको बताए ।

पहिरोका कारण क्षति पुगेको विषयमा गाउँपालिकामा जानकारी आइसकेको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले जनाए । प्रभावित परिवारको अवस्था बुझेर आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउँदै उनले जोखिममा रहेका परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको बताए ।

पहिरोकै कारण ठाटीकाँध गाउँपालिका–५, को कठायत टोलमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ । खानेपानीको मुख्य पाइपलाइनमा पहिरोले क्षति पुर्‍याएपछि सो समस्या आएको हो । स्थानीयले अवरुद्ध पाइपलाइन तत्काल मर्मत गरी खानेपानी सुचारु गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार
Translate »