

सुर्खेत । सुर्खेतको बराहतालमा बाल्टिन भित्रको पानीमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ ।
बराहताल गाउँपालिका–५, परिवर्तन टोलका बाबुराम विकका ११ महिने शिशु बिदान विक आफ्नै घर बाहिर खेल्ने क्रममा बाल्टिन भित्र रहेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

बाल्टिन भित्रको पानीमा डुबेर अचेत अवस्थामा रहेका बालकलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पु¥याईए पनि विहीबार डाक्टरले चेकजाँच गर्ने क्रममा मृत्त घोषणा गरेको प्रहरीको भनाइ छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार











