२०८३ भदौ ६ , शनिबार
Sky News Nepal
August 23, 2026

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा करार सेवामा जागिर खुल्यो



सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करार सेवामा ‘स्वच्छ ऊर्जा परिचालक’ पदका लागि कर्मचारी माग गरेको छ।

केन्द्रले हरित जलवायु कोषको सहयोगमा तराईका २२ जिल्लाका बढीमा १५० स्थानीय तहमा खाना पकाउने स्वच्छ ऊर्जा सम्बन्धी (सीसीएस) कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने जनशक्ति आयोजना अवधिभरका लागि सेवा करारमा लिन लागिएको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले कार्य अनुभव, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र केन्द्रमा वा केन्द्रको इमेल मार्फत निवेदन पेश गर्न सकिनेछ ।

जनशक्ति छनोटको माध्यम शैक्षिक योग्यता र अनुभवको आधारमा स‌ङ्क्षिप्त सूची तयार गरी लिखित र अन्तर्वार्ताबाट हुनेछ । लिखित परीक्षाको पाठ्यक्रम केन्द्रको वेवसाइट बाट प्राप्त गर्न सकिनेछ । पारिश्रमिक कार्यक्रमको नर्म्सभित्र रही आवश्यक समझदारीमा तय गरिनेछ ।

अन्य थप जानकारीका लागि केन्द्रको कार्यालय भवन ताहाचलमा सम्पर्क राखी बुझ्न सकिनेछ । खुला १८ महिला र १८ पुरुषसहित ३६ जना (स्वच्छ ऊर्जा परिचालक) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको योग्यता हुनु पर्नेछ ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार
Translate »