२०८३ भदौ ४ , बिहीबार
Sky News Nepal
August 20, 2026

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त



सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । गएको १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

बैठकमा ४० मध्ये सभामुखबाहेक ३६ सांसदले मतदान गरेका थिए । त्यसमा मुख्यमन्त्री शाहीको पक्षमा २१ र विपक्षमा १३ जना सांसदले मतदान गरेका हुन् ।

दुई जना तटस्थ बस्नुका साथै तीन जना बैठकमा उपस्थित भएनन् । कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ ।

 

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार
Translate »