२०८३ भदौ ६ , शनिबार
Sky News Nepal
August 23, 2026

कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको अनुरोध



काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो ।

मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्र मार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ । आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा थप जानकारीका लागि सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार
Translate »