

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले प्रदेश सभाबाट पारित भएका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको बीसौं बैठकबाट पारित ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँगै कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ लाई प्रदेश प्रमुख जोशीले आज प्रमाणीकरण गरेका हुन् ।

दुवै विधेयक कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले असार ३० गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
दुवै विधेयक नेपालको संविधानको धारा २०१ बमोजिम प्रमाणित गरी नेपालको संविधानको धारा १९९ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख जोशीले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव भीमराज थानीले जानकारी दिए ।












