२०८३ असार २५ , बिहीबार
Sky News Nepal
२०८३ असार २५ , बिहीबार

नेकपाका ६ नेता एमालेमा प्रवेश



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका छन् ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा भएको उक्त कार्यक्रममा प्रवेश गर्ने केन्द्रीय सदस्यहरूमा कार्कीसहित राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) रहेका छन् ।

नवप्रवेशी नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको ‘पार्टी पुनर्गठन कार्यदल’ को बैठक केहीबेर स्थगित गरेर अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा भित्र्याएका हुन् ।

सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याललगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार
Translate »