२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

जुम्लामा चरेससहित भारतीय मुलका नेपाली पक्राउ



जुम्ला । प्रहरीले लागुऔषध चरेससहित भारतीय मूलका नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्षिपुर गाउँपालिका–६, सितापुरका २५ वर्षिय मनोजकुमार ठाकुर र भारतको बिहार राज्य भद्रवती जिल्ला रमना–१५, का २३ वर्षिय सञ्जिवकुमार ठाकुर रहेका छन् ।

प्रहरीले जिल्लाको चन्दनाथ नगरपालिका–४, बसपार्कबाट उनीहरुलाई १ ग्राम ५६० मिलीग्राम लागू औषध (चरेस) सहित रंगेहात पक्राउ गरेको हो ।

नियमित चेकजाँजका क्रममा पक्राउ परेको उनीहरुलाई जुम्ला जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार
Translate »