२०८३ भदौ ९ , मंगलबार
Sky News Nepal
August 25, 2026

कप्रसम कोरियाको अध्यक्षमा बस्नेत



स्काई न्यूज/ माघ १३, सुुुर्खेत ।
वैदेशिक रोजगारीमा कर्णाली प्रदेशबाट जानेहरु संगठित हुन थालेका छन् ।  प्रदेशबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीहरुको सुवन सहरमा भएको भेलाले आइतबार पहिलो पटक ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया गठन गरेका हुन् । भेलाले पदमबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा केपीकुसारी उपाध्याय, उपाध्यक्ष धर्म तिहारी र प्रदिप खत्री, महासचिव भक्तराज योगी, कोषाध्यक्ष कमल केसी, सचिवमा भिम रोकाय एवं सदस्यमा गणेश कोइराला, संजय वली, डलुु भण्डारी, हरिस चन्द्र, भेषबहादुर थापा र तिलक हमाल चयन भएका छन् ।

दक्षिण कोरियामा रोजगारीका लागि गएका कर्णाली बासिहरुको भेला अध्यक्षता लक्ष्मीनारायण बस्नेत र एनसीसीका उपाध्यक्ष तुलस गुरुङको प्रमुुख आतिथ्यततामा भएको हो । ‘मञ्चले विशेष गरेर कोरियामा भएका कर्णालीबासीको समस्याको बारेमा काम गर्नुका साथै सम्पूूर्ण नेपालीहरुको हक र हितका लागि अन्य सामाजिक संघसंस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्नेछ,’ अध्यक्ष बस्नेतले भने, ‘मातृ भूूमिको झझल्को मेटाउन र यहाँ केही नेपाली साथीहरुलाई समस्या परे सहयोग मिलोस् भन्ने उद्देश्यले संगठित भएका हौं ।’ उनले मञ्चका माध्यमबाट कोरियामा विविध सामाजिक तथा सांसकृतिक कार्यक्रममा समेत जोड दिइने बताए ।

प्रकाशित मिति : २०७६ माघ १३ गते सोमबार
Translate »