२०८३ कात्तिक ३ , सोमबार
Sky News Nepal
October 19, 2026

सुर्खेतमा बहुविवाह मुद्धाका दुई जोडा फरार प्रतिवादी पक्राउ



वीरेन्द्रनगर । सुर्खेत प्रहरीले बहुविवाह मुद्धामा लामो समयदेखि फरार रहेका छुट्टाछुट्टै स्थानबाट दुई जोडा प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले आठ वर्षदेखि फरार रहेका प्रतिवादी सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–११, घरभई हाल लेकबेशीको लेखफर्सा–१, मा बस्दै आएका ३७ वर्षिय प्रेमबहादुर शाही र २६ वर्षिया यामकुमारी पुन शाहीलाई पक्राउ गरेको जनाएको छ ।

सुर्खेत जिल्ला अदातलले बहुविवाह मुद्धामा प्रेमबहादुरलाई डेढ वर्ष कैदसँगै  १० हजार रुपैयाँ जरिवाना फैसला तोकेको थियो भने सोही लगत कसिएकी यामकुमारीलाई भने एक वर्ष कैदसहित पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार प्रेमबहादुर र यामकुमारीलाई पक्राउ गरी अदालतको आदेशानुसार जेल चलान गरिएको छ ।

अर्को बहुविवाह मुद्धामा फरार लेकबेशी नगरपालिका–६, का विपिन कामी र सम्झना शाहीलाई समेत प्रहरीले पक्राउ गरेको जिप्रका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बहुविवाह मुद्धामा पक्राउ परेका विपिन र सम्झनालाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार
Translate »