

वीरेन्द्रनगर । सुर्खेत उधोग वणिज्य संघले आगलागीका घटनामा परी धनमालको क्षति पुगेका आफ्ना सदस्यलाई आर्थिक सहयोग गरेको छ ।
संघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी आफ्ना सदस्यलाई जनही २५ हजार रुपैयाँका दर आर्थिक सहयोग गरेको हो ।


आगलागीबाट क्षति व्यहोरेका शिवसुन्दर सः मिल वीरेन्द्रनगर–७ कालुङचोक, चन्द्रा टेलर्स वीरेन्द्रनगर–३, तातापानी र डीआर फेन्सी गुर्भाकोट नगरपालिका–८, मेहलकुनालाई व्यवसायिक राहत अक्षय कोष मार्फत आर्थिक सहयोग गरिएको संघका अध्यक्ष लक्ष्मण कँडेले जनाए ।

प्रकाशित मिति : २०८१ साउन १ गते मंगलबार











